You are viewing the translated version of कुलपतिको योग्यता.

Section 28
कुलपतिको योग्यता
देहायको योग्यता भएको व्यक्ति कुलपतिमा नियुक्त हुन योग्य हुनेछः-
(क) मान्यताप्राप्त विश्वविधालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको,
(ख) प्राज्ञिक क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव भएको,
(ग) शैक्षिक बा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय सीप र कौशल
प्रदर्शन गरेको,
(घ) पैंतीस वर्ष उमेर पूरा भएको, र
(ङ) उच्च नैतिक चरित्र भएको ।